अर्थतन्त्रका कोरा सिद्धान्त किन पालना हुँदैनन् ? मैले बुझेको छैन : अर्थमन्त्री खतिवडा

काठमाडौँ– अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चारमाध्यामहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चारमाध्यामहरुलाई सचेत गराएका छन् । आफूले नीति, निर्माणको तहमा २५/३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन् ? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
उनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गइरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई बढ्वा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
-
एक अध्ययन : कर्मचारीभन्दा राजनीतिक नेतृत्वबाट बढी भ्रष्टाचार
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?