२० लाख खर्चेर धामीझाँक्री र जडीबुटी खोजिँदै
आइतबार, ०५ असोज २०७६, ०६ : ४६

प्रदेश नं सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरुले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ । गत वर्षको बजेटबाट झण्डै २० लाख खर्चेर अध्ययन गरिएको हो ।
प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातीले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ ।
‘धामीझाँक्रीको अवस्था बुझ्न र उनीहरुले औषधिका रुपमा प्रयोग गर्ने जडीबुटीको पहिचान, संरक्षण र व्यावसायिक खेतीका लागि यो अध्ययन हो ।’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले हिलाम्मे सूर्यविनायक–धुलिखेल सडकखण्डको साँगा क्षेत्र (तस्बिरहरू)
-
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान
-
घरभित्रै असुरक्षित छन् महिला
-
सर्लाहीमा नक्कली नोटसहित दुई युवक पक्राउ