शाओमीको ‘दशैं विथ एमआई’ मा आकर्षक अफर: एमआई ए३ सार्वजनिक हुने, स्मार्टफोनको खरिदमा २ हजार छुट
काठमाडौं– शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ ।
ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३, रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको आनन्द लिन सक्नेछन् । विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प हो र यी अफरहरु, दशैंको अवसरमा देशमा आनन्दमय वातावरण जोड्ने शाओमीको एउटा सानो पहल हो ।
एमआई फ्यानले रु १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमा रु २००० को फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबी प्लस ६४ जीबी) र (६ जीबी प्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३,९९९ र रु २७,९९९ मा उपलब्ध हुनेछ ।
रेडमी ७ए (२ जीबी प्लस ३२ जीबी) मा पनि छुटको व्यवस्था रहेको छ र यो अब रु १०,९९९ मा उपलब्ध हुनेछ ।
ग्राहकहरुले रेडमी ७ (२ जीबी प्लस १६ जीबी) र (३ जीबी प्लस ३२ जीबी) तेसै गरि रेडमी वाई ३ (३ जीबी प्लस ३२ जीबी) र (४ जीबी प्लस ६४ जीबी) मा रु १००० छुटको मज्जा लिन सक्नेछन् ।यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमा दशैंको विशेष अफर प्रदान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण