बंगलादेश सेमिफाइनलमा
सोमबार, ०६ असोज २०७६, २० : ५२
काठमाडौं – बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो ।
बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न सकेन । यस बराबरीसँगै समूह ‘बी’ मा रहेको बंगलादेशले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० गोलले हराएको थियो ।
भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना विजित छ । बराबरीसँगै भारतले एक अंक बनाएको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि यस समूहको सेमिफाइनल समिकरण पूरा हुनेछ । मंगलबार अर्को समूहको भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
-
वैदेशिक रोजगार सम्बन्धी नीतिलाई व्यवहारिक बनाउँछौँ : मन्त्री यादव
-
प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल
-
भिडियो कन्फरेन्समार्फत २ हजार २७६ आरोपीको म्याद थप
-
भासिएको पुलमै गुडिरहेका छन् गाडी
-
राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण