बंगलादेश सेमिफाइनलमा
सोमबार, ०६ असोज २०७६, २० : ५२
काठमाडौं – बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो ।
बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न सकेन । यस बराबरीसँगै समूह ‘बी’ मा रहेको बंगलादेशले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० गोलले हराएको थियो ।
भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना विजित छ । बराबरीसँगै भारतले एक अंक बनाएको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि यस समूहको सेमिफाइनल समिकरण पूरा हुनेछ । मंगलबार अर्को समूहको भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातौँ विकेटका रूपमा पेभेलियन फर्किए दीपेन्द्रसिंह ऐरी
-
नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमायो
-
प्युठानमा १० वर्ष कैद सजाय पाएका एक जना १३ वर्षपछि पक्राउ
-
बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता
-
१५२१ मत गन्दा इलाम–२ मा एकीकृत समाजवादीसहित ५ उम्मेदवारको शून्य मत
-
गर्मीमा स्मार्टफोन तात्यो भने के गर्ने ?