एनआरएनए युरोप उपसंयोजकमा मुक्तबहादुर गुरुङको उम्मेदवारी

स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदै दाबेदारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम धमाधम चलिरहेको छ । यसैक्रममा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका लागि स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए स्पेनको नेतृत्व सम्हालिसकेका गुरुङले स्पेनबासीको माग र चाहनाअनुरुप आफूले उम्मेदवारी दिने निर्णय लिएको बताए ।
एनआरएन आईसीसी (२०१७–०१९) सदस्य समेत रहेका उनी एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् ।
स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा गुरुङले एनआरएनए स्पेन अध्यक्ष पदमा रहँदा आवश्यक प्रवन्ध मिलाएको बार्सिलोनामा लामो समयदेखि बस्दै आएका समाजसेवी राज खनालले बताए ।
सन् २००७ देखि एनआरएनमा सक्रिय गुरुङको समेत स्पेनमा नेपाली दूतावास स्थापनामा महत्वपूर्ण योगदान रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु