एनआरएनए युरोप उपसंयोजकमा मुक्तबहादुर गुरुङको उम्मेदवारी
स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदै दाबेदारहरुले उम्मेदवारी घोषणा गर्ने क्रम धमाधम चलिरहेको छ । यसैक्रममा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका लागि स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए स्पेनको नेतृत्व सम्हालिसकेका गुरुङले स्पेनबासीको माग र चाहनाअनुरुप आफूले उम्मेदवारी दिने निर्णय लिएको बताए ।
एनआरएन आईसीसी (२०१७–०१९) सदस्य समेत रहेका उनी एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् ।
स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा गुरुङले एनआरएनए स्पेन अध्यक्ष पदमा रहँदा आवश्यक प्रवन्ध मिलाएको बार्सिलोनामा लामो समयदेखि बस्दै आएका समाजसेवी राज खनालले बताए ।
सन् २००७ देखि एनआरएनमा सक्रिय गुरुङको समेत स्पेनमा नेपाली दूतावास स्थापनामा महत्वपूर्ण योगदान रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण