एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
सारांश
- गत आर्थिक वर्षमा नेपालमा करिब ५ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा तथा मदिराजन्य कच्चा पदार्थ आयात भएको छ।
- आयात भएको कुल मदिरामध्ये तयारी विदेशी मदिराको हिस्सा ठुलो छ, जसमा सबैभन्दा बढी विस्की रहेको छ।
- स्वदेशी मदिरा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र इएनएको आयात पनि उल्लेख्य मात्रामा भएको छ।
काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा करिब ५ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा तथा मदिराजन्य कच्चा पदार्थ आयात भएको छ। भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार साउनदेखि असारसम्मको अवधिमा कुल ४ अर्ब ९९ करोड ३० लाख रुपैयाँ बराबरको ३० लाख २२ हजार लिटर मदिरा तथा कच्चा पदार्थ नेपाल भित्रिएको हो।
कुल आयातमा तयारी विदेशी मदिराको हिस्सा ठुलो छ भने स्वदेशी मदिरा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र इएनएको आयात पनि उल्लेख्य देखिएको छ।
तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १६ लाख ६६ हजार ३ सय ७९ लिटर विदेशी तयारी मदिरा आयात भएको छ । जसको कुल भन्सार मूल्य ३ अर्ब ४५ करोड २९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
तयारी मदिरामध्ये नेपाली बजारमा सबैभन्दा बढी दबदबा ’विस्की’ को देखिएको छ । समीक्षा अवधिमा १० लाख २६ हजार ७ सय ५ लिटर विस्की आयात हुँदा २ अर्ब ८ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
यस्तै, वाइन तथा स्पार्कलिंग वाइन ७० करोड ३० लाख रुपैयाँ (३ लाख ५७ हजार ६ सय ९१ लिटर) र भोड्का २१ करोड ५९ लाख रुपैयाँ (६९ हजार ८ सय लिटर) बराबरको आयात भएको छ ।
त्यसैगरी, २४ करोड ८८ लाख रुपैयाँ बराबरको लिक्युर तथा अन्य पेय मदिरा, १० करोड ५७ लाख रुपैयाँको बियर, ७ करोड ४५ लाख रुपैयाँको जिन र ५५ लाख ५२ हजार रुपैयाँ बराबरको रम नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
स्वदेशी मदिरा उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ , इएनए तथा इथाइल अल्कोहलको आयात पनि ठुलो परिमाणमा भएको छ ।सो अवधिमा १३ लाख ५५ हजार ८ सय ८७ लिटर मदिराजन्य कच्चा पदार्थ आयात भएको छ, जसको कुल भन्सार मूल्य १ अर्ब ५४ करोड १ लाख १३ हजार रुपैयाँ छ ।
जसमा ’र मेटेरियल’ शीर्षकमा मात्रै १ अर्ब १३ करोड ७६ लाख रुपैयाँ (९ लाख ३५ हजार लिटर) बाहिरिएको छ भने मदिरा बनाउन प्रयोग हुने इएनए आयातमा ३६ करोड ४९ लाख रुपैयाँ (३ लाख ८० हजार लिटर) खर्च भएको छ । बाँकी ३ करोड ७५ लाख रुपैयाँ बराबरको अन्य इथाइल अल्कोहल आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण