शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

शनिबार, ०९ साउन २०८३, १६ : ०५
शनिबार, ०९ साउन २०८३

सारांश

  • स्वास्थ्य मन्त्री निशा मेहताले डा.गोविन्द केसीको उपचारमा कुनै कन्जुस्याइँ नगर्न सेती प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिएकी छिन् ।
  • पाँच बुँदे माग राख्दै सत्याग्रहमा रहेका डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि मन्त्रालयले उपचारको प्रभावकारी व्यवस्थापन गर्न भनेको छ ।
  • डा.केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत गरिएको छ ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डा.गोविन्द केसीको उपचारमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी हुन् । 

बिहीबारदेखि पाँच बुँदे माग राख्दै २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको  छ । यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा।केसीको स्वास्थ्य अवस्था,उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिए । 

डा.केसीको हालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकहरूको सुझाव रहेकाले आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ । मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

डा.केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको आइसियुमा सारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप