मोबाइल इन्टरनेट स्पीडमा नेपाल भारतभन्दा अगाडि, भारतलाई श्रीलंका र पाकिस्तानले उछिन्यो
एजेन्सी । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्थानमा छ ।
यो सूचीको शीर्ष स्थानमा दक्षिण कोरिया छ । १४५ देश सामेल उक्त रिपोर्टको शीर्ष स्थानमा रहेको दक्षिण कोरियाको औसत इन्टरनेट स्पीड १११ एमबीपीएस छ ।
रिपोर्टअनुसार भारतको औसत इन्टरनेट स्पीड १०.६५ एमबीपीएस मात्रै छ । सूचीमा भारत अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, पाकिस्तान र श्रीलंकाभन्दा पनि पछि छ ।
दक्षिण एशियाली देशमध्ये सबैभन्दा तीव्र गतिको इन्टरनेट रहेको श्रीलंकाको औसत इन्टरनेट स्पीड २२.०४ एमबीपीएस छ भने पाकिस्तानको १३.०८ एमबीपीएस छ ।
श्रीलंका सूचीको ८३औं स्थानमा छ भने पाकिस्तान ११८ औं स्थानमा छ । त्यस्तै नेपाल पनि भारतभन्दा अगाडि छ । १०.७८ एमबीपीएस रहेको नेपाल सूचीको १३० औं स्थानमा छ ।
अमेरिका शीर्ष १० बाहिर
विश्व महाशक्ति राष्ट्र अमेरिका यस रिपोर्टको शीर्ष दशमा सामेल हुन सकेन । अमेरिकामा इन्टरनेटको औसत स्पीड ३६.२३ एमबीपीएस छ । उक्त स्पीडमा अमेरिका सूचीको ३५औं स्थानमा छ ।
शीर्ष स्थानमा रहेको दक्षिण कोरियापछि दोस्रो स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियामा इन्टरनेटको औसत स्पीड ६६.४५ एमबीपीएस रहेको छ ।
त्यस्तै सो सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः कतार, नर्वे र यूएई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण