जनताले भरोसा गरेको पार्टी रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन : महामन्त्री कोइराला
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार काण्डै काण्डमा फसेकाले विकासको कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रेस युनियन खोटाङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालले भने , ‘बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड र निर्मलाहत्या काण्ड जस्ता काण्डले भरिएको छ । यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न पर्यो ।’
वर्तमान सरकारले संविधानको समेत रक्षा गर्न नसक्ने अवस्था आएको भन्दै काँग्रेसले खबरदारी गरिरहेको उनले बताए ।
‘दुई तिहाईको दम्भ पालेर संविधानमाथि नै संकट पैदा गरेको छ । संविधानको रक्षा गर्नु काँग्रेसको जिम्मेवारी भएकाले भद्र तरिकाले प्रस्तुत भइरहेको छ । जनताले भरोसा गरेको पार्टी भएकाले प्रतिपक्षमा बसेर रेलिङ भाँच्ने, कुर्सी तोड्ने काम गर्दैन,’ महामन्त्री कोइरालाले भने ।
फरक प्रसंगमा काँग्रेसभित्रको गुटबन्दी आगामी अधिवेशनसम्म मात्र रहने उनको दाबी थियो ।
उनले भने, ‘कमजोरहरुले गुट–उपगुट चलाउँछन् । आउने अधिवेशनसम्म त्यसको अन्त्य हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण