इन्टर मिलानको अपराजित यात्रा जारी
बिहीबार, ०९ असोज २०७६, १० : १६
इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा इन्टरले लाजियोलाई १–० गोलले हरायो ।
इन्टरको जितमा डानिलो डी’आम्ब्रोसिओले गोल गरे । डानिलोले २३औं मिनेटमा गरेको गोलनै इन्टरको जितमा निर्णयक बन्यो । जितसँगै इन्टरले पाँच खेलबाट १५ अंक बनाएको छ । सात अंक बनाएको लाजियो आठौं स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको समान खेलबाट १३ अंक पुगेको छ ।
अर्को खेलमा एस रोमालाई २–० गोलले हराउँदै एटलान्टा तेस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको जितमा डुभान जापटाले ७१औं र मार्टेन डे रोनले ९०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एटलान्टाले १० अंक बनाएको छ । अर्को खेलमा बलियो नापोलीलाई काग्लियरीको नराम्रो धक्का लागेको छ । नापोली घरेलु मैदानमै काग्लियारीसँग १–० गोलले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण