अक्षय कुमारले मिलाए सुनिल ग्रोवरसँग हात, कपिललाई लाग्नेछ ठूलो झट्का
कपिल शर्माको शो छोडेपछि हाँस्यकलाकार सुनिल ग्रोवरको मागमा वृद्धि भएको छ । कपिलको कार्यक्रममा फिर्ता नहुने खबर आइरहेका बेला सुनिलले चाँडै नै आफ्नो नयाँ कार्यक्रमलाई पस्किने हुने सार्वजनिक भएको थियो । तर अब सुनिलको टेलिजिनमा फिर्ताको विषयमा अर्को समाचार भारतीय मिडियाले प्रकाशित गरेको छ । सुनिलले चाँडै नै अक्षय कुमारको कार्यक्रमको होस्ट गर्ने बताइएको छ ।
अक्षय कुमार टेलिभिजनको एक कार्यक्रम ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा जजको रुपमा एक पटक पुनः टेलिभिजनमा फिर्ता हुँदै छन् । अक्षय कुमारले पनि कार्यक्रमको सुटिङ पनि सुरु गरेका छन् । खबरका अनुसार अक्षय कुमार सोमबार उक्त कार्यक्रमको पहिलो प्रोमो पनि सुटिङ गरिसकेका छन् । योभन्दा अघि उक्त कार्यक्रमकमो होस्टको रुपमा एली अवरामलाई हस्ताक्षर गराइएको खबर सार्वजनिक भएको थियो तर कार्यक्रमको होस्टको विषयमा आएको नयाँ खबरका अनुसार सुनिल ग्रोवरको नाम निश्चित गरेको छ । यद्यपी, सुनिलले भने यसबारे केही जानकारी दिएका छैनन् ।
सुनिल ग्रोवर कपिलको साटो अक्षयसँग मिलेको खबरले पक्कै पनि कपिललाई ठूलै झट्का लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण