भारत र बंगलादेश फाइनलमा
शुक्रबार, १० असोज २०७६, १९ : ०८
काठमाडौं– भारत र बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा भारतले माल्दिभ्सलाई ४–० गोलले हराउँदै फाइनलमा पुगेको हो । अर्को खेलमा बंगलादेशले पनि भुटानलाई ४–० गोललेनै हराउँदै फाइनलमा स्थान बनायो ।
भारतलाई जिताउन नरेन्द्रर गहलट, मानवीर सिंह र मीतेइ निन्थोइङबाले एक–एक गोल गरे । भारतले एक गोल आत्मघाती उपहार पाएको थियो । माल्दिभ्सका अहनाफ राशिदले आत्मघाती गोल गरेका थिए । यसैगरी बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक–एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण