बसको ठक्करबाट एकको मृत्यु
शनिबार, ११ असोज २०७६, १८ : ५४
घोराही – दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेको समयमा घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण