शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लिभरपुललाई पछ्याउँदै सिटी

आइतबार, १२ असोज २०७६, ०९ : ००
आइतबार, १२ असोज २०७६

साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिश प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुललाई पछ्याउँदै गएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ गोलले हरायो । सिटीको जितमा ग्रावियल जेसस, रियाद महारेज र रहिम स्ट्रलिङले गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले सान्त्वना गोल फर्काएका थिए । सिटीले २४औं मिनेटमा जेससको गोलबाट शुरुवाती अग्रता लिएको थियो । ३३औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा शसक्त प्रदर्शन गरेको सिटीले दुई गोल थपेको थियो । ७१औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । 

८४औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सहज जित दिलाएका थिए । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले सात खेलबाट १६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले अपराजित रहँदै २१ अंक बनाएको छ । सात अंक बनाएको एभर्टन १५औं स्थानमा छ ।

अर्को खेलमा टोट्टनहामले साउथह्यामटनलाई २–१ गोलले हराएको छ । जितसँगै ११ अंक बनाएको टोट्टनहाम चौथो स्थानमा छ । सात अंक बनाएको साउथह्यामटन १४औं स्थानमा छ । 

तेस्रो स्थानमा रहेको वेस्टहाम युनाइटेडले बर्नमाउथसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । वेस्टहामले १२ अंक बनाएको छ । अर्को खेलमा चेल्सीले ब्राइटनलाई २–० गोलले हराउँदै छैटौं स्थानमा उक्लिएको छ । जितसँगै चेल्सीको ११ अंक पुगेको छ ।

                                                        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप