बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हिमालको चुचुरोमा उड्दै गरेको चील हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड पहिचान

आइतबार, १२ असोज २०७६, १४ : ३६
आइतबार, १२ असोज २०७६

काठमाडौं– हिमालय एअरलाइन्सले हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्राण्ड पहिचान नयाँ बनाएको छ । 

हिमालयको निर्देशिक सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्राण्ड पहिचान परिवर्तन गरिएको हो । 

रोयल सिंगी होटलमा २०७६ असोज १२ गते सम्पन्न भएको पत्रकार सम्मेलनमा एअरलाइन्सले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको छ । 

रणनीतिक योजनासँगै एअरलाइन्सको नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भए देखि नै हिमालय एयरलाइन्स व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । 

एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्सले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । 

आवुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । केवल दुई महिना अगाडि, सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्सले यो रुटमा सेवा संचालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ । 

क्रमिक विकासको प्रक्रिया अन्तर्गत एअरलाइन्स्ले आफ्नो संस्थागत लोगोलाई परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ, जसले बल, सामञ्जस्यता र शान्तिलाई अंकित गर्दछ । हिमालय एअरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस्् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे । 

एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसँगै यसको व्याख्या र संस्थाको प्रगतीलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले प्रस्तुत गरे  । 

उपाध्यक्ष श्रेष्ठले भने, ‘पाँच बर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गरेका छौं । ब्राण्डलाई नयाँपन दिने सोच संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तन सँगै देखापरेको हो, जसले हामीलाई नयाँ लोगो निर्माण गर्ने बाटोतर्फ अग्रसर बनायो । 

सावधानीपूर्वक सोचपछि, हामीले उपयुक्त रणनीति अन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय ग¥यौं । हामीले संस्थाको प्रमुख आधारलाई नयाँ लोगोमा प्रतिबिम्बित गर्न चाहनुका साथै आगामी दिनमा पनि निरन्तर अगाडि बढ्ने अठोट संकल्प व्यक्त गर्न चाहेका छौं ।’

नयाँ लोगो सार्वजनिक गर्ने क्रममा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङले उत्कृष्ट सेवा प्रदान गर्न संस्थामा अर्थपूर्ण सुधारहरु र नयाँ परिवर्तन ल्याउन अथक परिश्रम गरेको बताए ।

 उनले नेपालमा मात्र नभई एसियामै नेतृत्व गर्ने एअरलाइन्सको रुपमा स्थापित गराउन धेरै भन्दा धेरै प्रयासहरु नियमित रुपमा गर्दै आएको बताए । झो एन्योङले छिट्टै नै छिमेकी मुलुक ल्हासा सहित चीनको बेइजिङ र अन्य प्रमुख शहरहरुमा हाम्रो सञ्जालमा जोडिने पनि जनाकारी गराए ।

आफ्नो नयाँ ब्राण्ड पहिचान सहित हिमालय एअरलाइन्स निकट भविष्यमा दुईवटा ए३१९ जहाजबाट सेवा दिने पनि जनाएको छ ।

हिमालयको नयाँ लोगोको व्याख्या

हिमालय एअरलाइन्सको नयाँ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । 

चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्सको धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्सको नाम र स्थान व्याख्या गर्दछ । 

त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । 

सेतो रंगले हिउँले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एअरलाइन्स्को संस्थागत मूल्यमान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्दछ । 

हिमालय एअरलाईन्स् 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो । 

‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । 
सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । 

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्सले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पा“चवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । 

एयरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी र बंगलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ । 

अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो । 

८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । 

चीनस“ग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्स्ले बेइजिङमा पहिलो उडान सुरुवात गर्ने छ र क्रम्शैस् चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्नेछ । 

व्यावसायिक रुपमा काम सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । 

यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा हिमालय एयरलाइन्स्लाई अझै परिस्कृत गर्दै लैजान उर्जा प्रदान गरेको छ । 

एयरलाइन्सले ‘अथिति देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप