ग्लोबल आइएमई बैंकले हालसम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश दिने
काठमाडौं– ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक संचालक समितिको असोज १४ को ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७५/०७६ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई हालसम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश (बोनश शेयर १२.७५ प्रतिशत र नगद लाभांश १२.७५ प्रतिशत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।
कूल १२९ अर्ब निक्षेप, १२१ अर्ब कर्जा लगानी रहेको बैंकको हाल १४७ वटा शाखाहरु, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १४८ एटिएम, तथा १८९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण