जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिमार्फत नगराउन निर्देशन
बुधबार, १५ असोज २०७६, ०६ : ५१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिमार्फत नगराउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धानले दिएको सुझावको आधारमा मन्त्रालयले मंगलबार ७ सय ५३ वटै स्थानीय तहलाई सो निर्देशन पालना गराउन पत्राचार गरेको हो।
समितिमार्फत ठूला पूर्वाधार निर्माण कार्य गराउँदा गुणस्तरीयताको सवाल उठेको भन्दै मन्त्रालयले सो निर्देशन दिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।
मन्त्रालयका सूचना तथा प्रविधि शाखाका अधिकृत शेखरनिधि पौड्यालले मन्त्रालयको निर्णयअनुरूप कार्यान्वयनका लागि सातवटै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लेखी पठाएको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण