भूमाफिया र प्रशासनसँगको साँठगाँठमा खुलमखुला अतिक्रमणमा पर्दै खुलामञ्च
काठमाडौंको मुटुमा रहेको खुला मञ्च विभिन्न वहानामा अतिक्रमणमा पर्दै आएको छ । भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण खुला मञ्चमा अतिक्रमण बढ्दै गएको हो ।
खुल्ला मञ्च संरक्षणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले हालसम्म भएका अतिक्रमण हटाउने र व्यवस्थापन गर्ने विषयमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो ।
‘खुला मञ्च बचाऊ’ अभियानका संयोजक सुशन वैद्य करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको खुला मञ्च विभिन्न रूपमा अतिक्रमणमा परेको बताउँछन् । खुला मञ्चलाई सरकारले खुला स्थानका रूपमा राख्न नसकेको उनी बताउँछन् ।
‘विपद्का समयमा प्रयोग हुने स्थान सरकार र निजी क्षेत्रको कारण अतिक्रमणमा परेको छ’, उनले भने । खुला मञ्चमा बनेको बसपार्कमा टहरा बनाई जग्गा अतिक्रमण भएको दुमाजु गुठी अतिक्रमणमा परेको तथा शौचालय व्यवस्थापनका नाममा फैलँदै गएको व्यापार व्यावसायका कारण खुला मञ्च अतिक्रमणमा परेको वैद्यको भनाइ छ ।
यता महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी विभिन्न वहानामा खुला मञ्चको अतिक्रमण बढ्दै गएको स्विकार्छिन् । खड्गी भन्छिन्, ‘एउटा उद्देश्य लिएर खुला मञ्चका जग्गा र सटर भाडामा लिने गरेको र यसबाट विस्तारै अतिक्रमण गर्ने गरेको देखिन्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण