चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं-गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।
उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोहीअनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिए । गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिएका छन् ।
बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरूसँग छलफल
-
जसपाका तीन मन्त्रीको शपथ साँझ ६ बजे
-
मधेस प्रदेश : सरकारबारे हानथाप
-
बङ्गलादेश छात्रवृत्ति प्रकरण : बङ्गलादेशका राजदूतसँग शिक्षामन्त्रीको छलफल
-
ललितपुर मेयर महिला क्रिकेट : सम्झनाको अर्धशतकसँगै सुदूरपश्चिमले कोशीलाई हरायो
-
लक्ष्मी ग्रुपको ५० वर्ष : मिठाई भण्डारदेखि हुन्डाई ‘एसेम्बल’सम्म