एनआरएनएद्वारा खेलकुद प्रतिष्ठान स्थापना

काठमाडौं–गैरआवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ ।
एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो । कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकूदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ सो प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिए ।
प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ ।
यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ । ‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ प्रदर्शन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।
एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ
-
सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’