एनआरएनएद्वारा खेलकुद प्रतिष्ठान स्थापना
काठमाडौं–गैरआवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ ।
एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो । कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकूदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ सो प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिए ।
प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ ।
यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ । ‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ प्रदर्शन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।
एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण