मुसहर बस्तिमा सितारामको ‘अल्कोहलिक लभ’ सार्वजनिक
काठमाडौं – गायक सिताराम पोखरेलले आफ्नो सातौं एल्बम ‘अल्कोहलिक लभ’ मुसहर बस्तिमा बिमोचन गरेका छन् । उनले शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर उक्त एल्बम बिराटनगरको जरैयामा रहेको मुसहरबस्तीमा सार्वजनिक गरेका हुन् ।
मुसहरबस्तिका सबैभन्दा बृद्ध बलदेवरिभव देव, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियनका मिन कुमार, दरैया वडा अध्यक्ष मनोज सुब्बा लगायतले एल्बम सामुहिक बिमोचन गरेका थिए ।
कार्यक्रममा गायक सितारामले बस्तिका बालबालिकाको लागि स्टेशनरी र मिठाइ वितरण गर्नुका साथै त्यहाँ बन्ने भवनका लागि आफूले वाइरिङको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरे ।
चौध वर्षदेखि पोखरेल आफ्नो जन्मदिन विभिन्न संघ, सस्था वा पीडितलाई सहयोग गर्दै मनाउँदै आएका छन् । ‘हरेक वर्ष थप एउटा वसन्त पार गर्नुको खुशी जीवनकै लागि संघर्षरतहरुसँग मनाउनुले सन्तुष्टि दिन्छ,’ उनले भने, ‘ सधैं नसके पनि वर्षको एक दिन आफ्नो जन्मदिनमा अरुको सेवा गर्दा मिल्ने खुसी अन्यबाट पाइदैन ।’
‘आँखाको नानी हौ तिमी’ बोलको गीतबाट चर्चामा आएका सिताराम २०४४ सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण