धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढ्यो : कमल थापा
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढेको बताएका छन् । थापाले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुंदै गएका कारण व्यभिचार, बलात्कार ,भ्रष्टाचार र अत्याचार बढदै गएको हो।त्यसर्थ,सनातन धर्म र संस्कृतिको रक्षा गरौं।’
पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भूमिका खेल्ने बिचार ब्यक्त गरे ।
भगवानसँग डर नहुदा अन्याय ,अत्याचार बढेको भन्दै थापाले चाड पर्वहरुलाई मितब्ययी ढंगले आपसी सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए ।
धर्म, सस्कृती र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दशै बिदालाई सदुपयोग गर्न समेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे ।
गत निर्वाचनमा पार्टीको पराजयलाई इखको रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रम चिर्ने गरी मेहनत गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,प्रदेश ३ अध्यक्ष बिक्रम बहादुर थापा, प्रवक्ता भुवन पाठक, वरिष्ठ अधिवक्ता राजु बस्नेत, सिर्जना रानी बर्मा, प्रकाश रिमाल, नानू नगरकोटी, राधाकृष्ण श्रेष्ठ ,नबराज सिम्खडा लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण