ठगिएको करोडौं रुपैयाँ खोइ?
शनिबार, १८ असोज २०७६, ०८ : १६
धनगढी - राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।
धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय राणालाई उनका सहयोगी दुईजनासहित प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो। उनीहरूबाट बरामद भएको सामान देखेर सबै चकित भएका थियो। योजनाबद्ध ढंगले सात वर्षदेखि ठगी गर्दै आएको सञ्जयको गिरोहले लुटेको रकम कहाँ छ भनेर अनुसन्धान गरिरहे पनि प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ‘ठगेको रकम कहाँ लगानी गरेको छ, कहाँ छ भनेर हामी खोजिरहेका छौं,’ कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘अहिलेसम्म पत्ता लाग्न सकेको छैन।’ नागरिक दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण