उखु किसानले अनुदानको रकम अझै पाएनन्
सिरहा। उखु किसानका लागि सरकारले दिने भनिएको अनुदानको रकम अझै नपाएको किसानहरुले गुनासो गरेका छन् ।
सिरहाको नगरहा गाउँपालिका ३ मा रहेको हिमालय सुगर मिल्समा आर्थिक वर्ष ०७५/७६ मा उखु बेचेका ६ हजार किसानले पाउनुपर्ने ८ करोड ४१ लख ६७ हजार २ सय ७४ रुपैयाँ रकम अझै नपाएका हुन् । किसानले अनुदानको रकम नपाउँदा मर्कामा परेको गुनासो गर्दै आएको छ ।
उखु मिलले २०७६ मा ६ हजार किसानबाट १३ लाख २५ हजार ९ सय ७८ क्विन्टल उखु खरिद गरेको मिल्सले जनाएको छ । सो बापत मिलले दिनुपर्ने सम्पूर्ण भुक्तानी ०७६ असार मसान्तमा नै गरि सकिएको मिल्सका उखु विकास अधिकृत अवध किशोर यादवले बताए । उनले भने, “हामीले किसानलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी दिई सकेका छौं, सरकारको तर्फबाट आउनु पर्ने अनुदानको रकम नपाउँदा किसानले हामीलाई ताकेता गरेर हैरान गरिरहेका छन् ।”
आर्थिक वर्ष २०७४÷७५ को पनि करिव ५३ लाख रुपैयाँ बाँकी रहेको छ । त्यसवेला पनि कोष तथा लेखा नियन्त्रण कार्यालय, सिरहाले किसानले पाउनु पर्ने रकम दुइ किस्ता गरेर दिएपनि पछिल्लो किस्ता दिन बाँकी रहेको छ ।
किसान, चिनी उद्योग र सरकारबीचको सम्झौता पछि गत वर्ष उखुको मूल्य ५ सय ३६ रुपैयाँ ६४ पैसा प्रति क्विन्टल तय गरेको थियो । जसमध्ये चिनी मिलले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ ३६ पैसा अनुदान दिँदै आएको थियो ।
यता कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरिले आफूहरुले आर्थिक वर्ष २०७४÷७५ को किसानले पाउनु पर्ने रकम कृषि मन्त्रालयलाई सोध्दा अर्थलाई देखाउने र अर्थलाई सोध्दा कृषिलाई देखाउने गरेर आल टाल गरिरहेको जनाए । उनले मन्त्रालयबाट पठाएको सबै रकम आफूहरुले वितरण गरिसकेको र बाँकी रकमको पहल भएपनि प्रभावकारी हुन नसकेको बताए ।
सरकरले आर्थिक वर्ष २०७५÷७६ को लागि उखु देशभरकै उखु किसानको लागि ९५ करोड अनुदान रकम छुट्याएको छ । त्यो रकम अझै किसानको हातमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण