शीर्ष स्थानमा पकड बनाउँदै रियल
एजेन्सी । ग्रानाडाको पुनरागमनको प्रयासलाई रोक्दै रियल म्याड्रिडले शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ ।
लिगको दोस्रो टोली ग्रानाडालाई ४–२ गोल अन्तरले पराजित गर्दै रियलले शीर्ष स्थानमा आफ्नो पकडलाई मजबुत बनाएको हो ।
आफ्नो घरेलु मैदानमा रियलले खेलको दोस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एडिन हर्जाडले गोल गर्दे रियलको अग्रता दोब्बर बनाए । गत जुनमा रियल आएपछि हजार्डको यो पहिलो गोल थियो ।
दोस्रो हाफमा लुका मोड्रिचले उत्कृष्ट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।
त्यसपछि भने ग्रानाडाले ८ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमनको प्रयास गर्यो । डार्विन माचिस र डोमिङगोस डुआर्टेले ग्रानाडाका लागि गोल गरे ।
तर, खेलको इन्जुरी समयमा हामेज रोड्रिग्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
योसँगै रियलले आठ खेल खेल्दा १८ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको ग्रानाडाको १४ अंक रहेको छ । एक–एक खेल कम खेलेका एथ्लेटिको म्याड्रिडको १४ र बार्सिलोनाको १३ अंक रहेको छ ।
शनिबार नै भएका अन्य खेलमा भ्यालेन्सियाले आलाभेसलाई, ओसासुनाले भिल्लेरियाल र लेभान्तेले लेगानेसलाई समान २–१ गोलअन्तरले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण