तस्विर र भिडियोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको दसैँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातमा टीका लगाएका छन् ।
टीकाको शुभसाइत बिहान १०ः३५ मा रहे पनि झापामा रहेका बुवा मोहप्रसादको विमानको उडान ढिला भएपछि प्रधानमन्त्रीले शुभसाइतमा टीका लगाउन भने पाएनन् ।
बुवा आउन ढिला भएपछि प्रधानमन्त्री आलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीबाट टीका ग्रहण गरेका थिए ।
बुवा काठमाडौँ आएपछि प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री ओलीले टीका लगाएका थिए ।
बुवा मोहनप्रसादले प्रधानमन्त्रीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए ।
बुवाको हातबाट टीका लगाएपछि प्रधानमन्त्रीले पत्नी शाक्यलाई टीका लगाए ।
त्यसपछि प्रधानमन्त्रीले पर्यटनमन्त्री योगेश भट्टराई, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य मन्त्रीहरु, प्रधानमन्त्री कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई टीका लगाइदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण