मनोज र रोहित एक ठाउँमा, टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि सहकार्य गर्ने
काठमाडौं– लोकप्रिय संगीतकारहरु राहित शाक्य र मनोज कुमार के.सी. संगीत क्म्पोजरहरुको रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि एक साथ भएका छन् । २६ वटा नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन् ।
प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दावाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग रोहित शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने, मनोज के.सी.ले मोक्तान परिवार र सन्जय श्रेष्ठसँग काम गर्नेछन् । उनीहरु दुवैले एउटा मुख्य कोल्याबोरेटिभ गीतमा विभिन्न कलाकारहरुसँग सांगीतिक सहकार्य गर्नेछन् ।
मनोज के.सी. भन्छन्, “टुबकोर्ग ओपन सेसन्स् सिजन १ निकै सफलतापुर्वक राम्रो र रमाईलो रह्यो । पहिलो सिजनमा मेरो धेरै कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो । यस सिजनमा मेरो धेरै गीतहरुमा काम गर्ने समय पनि मिलेको छ, पहिले भन्दा अझ राम्रो हुने आशा राख्दछु ।”
यस वर्ष संलग्न रहेका गायक रोहित शाक्य भन्छन् ,“टुबोर्ग ओपन सेसन्स् सिजन २ मा गर्नु मेरो लागि एउटा नयाँ अनुभव हो । म सुट अघि एकैपटक उत्सुक र अलि चिन्तित थिए । कामहरु मैले सोचेको भन्दा पनि राम्रो भएको छ । हामीले केहि ज्याज, मधुर र पूर्वीय शैलीमा सहकार्यहरु गरेका छौ र यी सहकार्यहरुले टुबोर्ग ओपन सेसन्स्को सारलाई राम्रो न्याय गरेको छ भन्ने लागेको छ । टुबोर्ग, आरबिट्ररी र विभिन्न कलाकारहरु बीचकोे यो ठुलो सहकार्य रहेको छ ।”
टुबोर्ग ओपन सेसन्स् सिजन २, यी प्रतिभाशाली कलाकारहरुको सहकार्य मार्पmत विभिन्न सांगितिक शैलीहरु मिलाई सांगितिक विधाहरुको सिमा तोड्दै अद्वितीय विधाको प्रस्तुती पेश गर्नेबारे रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण