साँझाकोटमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
शुक्रबार, २४ असोज २०७६, १९ : ४९
काभ्रे – काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ तीन जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् ।
महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण