देउवाको गृह जिल्लाका स्थानीय तहमा काँग्रेस हाक्नेहरु
डडेल्धुरा – नेपाली काँग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाका स्थानीय तहका सबै वडामा नयाँ संरचना र पार्टी विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताए ।
डडेल्धुरामा सात वटा स्थानीय तह रहेका छन् । दुई नगरपालिकाका वडास्तरीय समिति भने पुरानै यथावत रहने जनाइएको छ ।
पाँच गाउँपालिकामा भने नयाँ सरंचनाअनुसार वडा एकाइ समितिसमेत गठन गरी पालिकास्तरीय समिति विस्तार भइसकेको काङ्ग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले बताए । उनले भने, “नगरपालिकामा भने पुरानै समिति कायम गरिएको छ ।”
अजयमेरु गाउँपालिकाबाट शुरु भएको स्थानीय तह पुनःसंरचना गठन कार्यक्रमअन्तर्गत पाँचवटै गाउँपालिकामा समिति गठन गरिएको हो । असोज १३ देखि शुरु भएको समिति विस्तार कार्यक्रम भागेश्वर गाउँपालिकामा समिति गठन गरेर सम्पन्न भएको जिल्ला सदस्य गोकुल शाहीले जानकारी दिए ।
डडेल्धुरा काँग्रेसको गाउँपालिका भेलाले अजयमेरु गाउँपालिकाको सभापति कर्णबहादुर मल्ल, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, नवदुर्गा गाउँपालिकाको सभापति रामचन्द्र अवस्थी, गन्यापधुरा गाउँपालिका सभापति इन्द्रबहादुर कार्की र भागेश्वर गाउँपालिका सभापतिमा नरबहादुर ठकुराठीलाई सर्वसम्मत चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण