सम्मानित श्रमिकका खबरदारीका लागि मेरो उम्मेदवारी : प्रविन गुरुङ
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय संयोजक पदमा युवा व्यवसायी प्रविन गुरुङले उम्मेदवारी दिएका छन् ।
मध्यपूर्वका सबै मुलुकहरुमा आफै पुगेर त्यहाँ रहेका नेपालीहरुको समस्याहरु बुझेर नेपाल आएका उनले यतिबेला महाधिवेशनस्थल राजधानी काठमाडौँमा चुनावी महोलका लागि आएका प्रतिनिधिहरुसँग छलफल गर्दै आफ्नो एजेण्डा प्रस्तुत गरेका छन् ।
गुरुङको चुनावी माहोलमा यतिबेला एनआरएनएका अध्यक्ष भवन भट्ट, निर्वतमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछानेसहित टोलीले साथ दिदै थप हौसला प्रदान गरिसकेको छन् । उनले चुनावी प्रचारप्रसारलाई तीव्र पारिरहेका छन् ।
नयाँ युग, युवाको युग, युवाले गर्नुपर्छ परिर्वतन भन्ने भावलाई आत्मसाथ गर्दै विगत एक दशक बढी समयदेखि मध्यपूर्वको विकसित मुलुक कतारमा रहेर सफल युवा व्यवसायीका रुपमा गुरुङले आफूलाई स्थापित गरेका छन् ।
गुरुङ भन्छन्, ‘मध्यपूर्वका श्रमिकको हितको लागि एकता सवल सक्षम र समन्वयकारी एनआरएनए आजको आवश्यकता सुरक्षित र सम्मानित श्रमिकका खबरदारीका लागि मेरो उम्मेदवारी हो ।’

नेपालमा लगानीको वातवरण र्सिजना गरी लगानीका लागि गैरआवासीय नेपालीहरुका लागि प्रेरित गर्ने काममा गैरआवासीय नेपाली संघले रचनात्मक भूमिका निर्वाह गरेको पछिल्लो समयमा नेपाल सरकारद्धारा आयोजना गरिएको लगानी सम्मेलनवाट समेत थप पुष्टि गरेको गुरुङ बताउँछन् ।
उनले कतारमा कन्स्ट्रक्सन कम्पनीदेखि क्रुजसम्म लगानी गरी हालै मात्र व्यवसाय विस्तार गरी पाँच तारे होटेलमा दोहोरी रेस्टुरेन्ट सञ्चालन गरेका गुरुङ हाल एनआरएनए मध्यपूर्व उपसंयोजक हुन् ।
गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित अन्तर्राष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले समेत कतारमा सफलतापूर्वक सम्पन्न गरेका थिए ।
उनी चितवनको भरतपुर महानगरवासी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण