भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
सारांश
- नेकपा (एमाले) भोजपुरले पार्टी हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा लगायत पाँच जना जनप्रतिनिधिलाई कारबाही गरेको छ।
- एमालेले कोशी प्रदेश कमिटीसमक्ष उपप्रमुख शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न र उपप्रमुख पदबाट मुक्त गर्न सिफारिस गरेको छ।
- यस्तै भोजपुर नगरपालिका ८ का वडाध्यक्ष नवीन प्रधानलाई पार्टीबाट निष्कासन गरी वडाध्यक्ष पदबाट मुक्त गर्न कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
विराटनगर । नेकपा (एमाले) भोजपुरले आफ्ना पार्टीका नीति र विधान विपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै जिल्लाका पाँच जना जनप्रनितिधिहरुलाई कारबाही गरेको छ।
पार्टी हित विपरीत अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै जिल्ला कमिटीले प्रेस विज्ञप्ति जारी गरी यो निर्णय सार्वजनिक गरेको हो। कारबाहीमा पर्नेमा भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा, वडा नं.८ का वडा अध्यक्ष नवीन प्रधान लगायत छन् ।
नेकपा (एमाले) भोजपुरका अध्यक्ष मक्करबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार ती नेताहरूले पार्टीको नीति, सिद्धान्त र सङ्गठनात्मक अनुशासन विपरीत काम गरेको र पदको दुरुपयोग गर्दै पार्टीविरुद्धका गतिविधिमा संलग्न रहेको देखिएको छ। यसबाट सूर्य चिह्नमा मतदान गर्ने आम मतदाता, जनसमुदाय र सम्पूर्ण शुभेच्छुकहरूको भावनामा गम्भीर घात भएको पार्टीको ठहर छ।
एमालेले कोशी प्रदेश समिति सदस्यसमेत रहेकी भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पार्टी हित विपरीत गतिविधि गरेको ठहर गर्दै उनलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न र उपप्रमुख पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन एमाले कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ ।
यस्तै भोजपुर नगरपालिका ८ का वडाध्यक्ष तथा पार्टीको जिल्ला समिति सचिवालय सदस्य नवीन प्रधानलाई पनि पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ। साथै, वडा अध्यक्ष पदबाट मुक्त गर्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ।
यस्तै एमालेले नेताहरू विमल रणपहेली, सुमन प्रधान, रेणुका भुजेल, कोपिला राई, बाबुराम तामाङ र दिपेन दर्नाललाई पनि पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण