युरोप उपसंयोजक उम्मेदवार कृष्ण तिमल्सिना भन्छन्-विजयी हुनेमा ढुक्क छु
काठमाडौं–काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अन्तर्गत बुधबार मतदान हुँदैछ ।
मतदानबाट अध्यक्षसहित उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, उपसंयोजक, महिला संयोजकलगायत विभिन्न पदको नेतृत्व चयन गरिनेछ ।
यसैबीच नेतृत्वका आकाँक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन प्रचार अभियानलाई तीब्र बनाएका छन् । यसैक्रममा युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार कृष्ण तिमल्सिनाले पनि आफ्नो प्रचार अभियानलाई तीब्र बनाएका छन् ।
विगत दुई दशकदेखि बेलायतमा व्यवसायका गर्दै आएका तिमल्सनाले आफ्नो चुनावी प्रचारप्रसार अभियानका क्रममा अधिकाँशले सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै विजयी हुनेमा ढुक्क रहेको बताए ।
बेलायतमा हुने हरेक सामाजिक कार्यमा अग्रमोर्चामा रहेर काम गरेका उनी एनआरएनभित्र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन् । एनआरएन विशुद्ध सामाजिक संस्था भएपनि राजनीतिक रुपमा विभाजित भएर चुनावी गतिविधि भइरहेको आरोप लागेको बेला तिमल्सिनाको हकमा भने त्यसो देखिएको छैन ।
उनको चुनावी प्रचारप्रसार अभियानमा अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्य दुबै पक्षका डेलिगेट्सले सहयोग गरेका छन् । कुमार पन्त समूहबाट चुनाव उपसंयोजक पदमा उम्मेदवारी दिएका तिमल्सिनाले सबैको साथ र सहयोगले आफू उत्साहित रहेको र धेरैभन्दा धेरै मत दिएर विजयी गराइदिन पनि अनुरोध गरेका छन् ।
सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए।
सोअघि शेष घलेको कार्यकाल (सन् २०१५ देखि ०१७) मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव सँगालिसकेका उनको एनआरएनका सबै पूर्वअध्यक्षहरुसँग राम्रो सम्पर्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण