प्रधानमन्त्री ओलीले ५ वर्षै सरकारको नेतृत्व गर्छन्ः शर्मा
काठमाडौं–सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन् ।
नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताए ।
सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहालबीच आलोपालो हुने चर्चा भइरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरेका हुन् ।
बिहीबार काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क गरे ।
नेता शर्माले मन्त्रीपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको बताए ।
उनले सरकारले अन्तराष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण