शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले ५ वर्षै सरकारको नेतृत्व गर्छन्ः शर्मा

बिहीबार, ३० असोज २०७६, १७ : ००
बिहीबार, ३० असोज २०७६

काठमाडौं–सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन् । 

नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताए । 

 सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहालबीच आलोपालो हुने चर्चा भइरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरेका हुन् । 

बिहीबार काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क गरे । 

नेता शर्माले मन्त्रीपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको बताए । 

उनले सरकारले अन्तराष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप