मध्यरात एनआरएनए मतगणनास्थलमा हंगामा
काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतगणनास्थल बाहिर गएराति हंगामा भएको छ ।
अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको उनका समर्थकले हंगामा मच्चाएका हुन् । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो ।
झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो ।
पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा सुस्तता आएको छ । राती अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।
गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।
निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
