कम पारिश्रमिक दिएपछि करीना कपूरले यसरी पोखिन् पीडा
बलिउड अभिनेत्री करीना कपूरले अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन् । उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो बताएकी हुन् ।
उनले फिल्ममा अभिनय गरेका अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने कुराको वकालत गरेकी छिन् ।
उनी थुप्रै फिल्मबाट बाहिरिएको कारण पनि कम पारिश्रमिक नै हो त भन्ने प्रश्नको जवाफमा भने उनले फरक–फरक फिल्मबाट बाहिरिनुको फरक–फरक कारण भएपनि फिल्ममा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उल्लेख गरिन ।
उनलाई करणले सोधेको ‘यदि करीना र अक्षय दुवैलाई फिल्म ‘गुड न्यूज’ मा बराबर पारिश्रमिक दिइयो भने ?’ प्रश्नमा उनले चुट्की मार्दै भनिन्, ‘यदि तपाईं मलाई अक्षयको जति नै पारिश्रमिक दिनुहुन्छ भने म यो मामी शो नै छोडेर भाग्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण