बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनले क्याटोलोनिया–पक्षधर नेतालाई लामो जेल सजाय सुनाइएपछि प्रदर्शन सुरु, बार्सिलोना र म्याड्रिडबीचको खेलसमेत रद्द

शनिबार, ०२ कात्तिक २०७६, १४ : ०९
शनिबार, ०२ कात्तिक २०७६

एजेन्सी । आफ्ना नेताको रिहाईको माग राख्दै पाँच दिनदेखि स्पेनको क्याटोलोनिया क्षेत्रमा जारी हिंसा शुक्रबार राति निकै उग्र देखियो । 

क्याटोलोनियालाई स्पेनबाट अलग बनाउनुपर्ने माग राख्दै आएका नौ नेतालाई जेल सजाय सुनाइएपछि सुरु भएको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक हुँदै गएको छ । 

स्पेनको सर्वोच्च अदालतले केही दिन अघि क्याटालान स्वतन्त्रता पक्षधर नेतालाई जेल सजाय तोकेको थियो । देशद्रोह र स्वतन्त्रताको पक्षमा राज्य कोष दुरुपयोग गरेको आरोप लगाउँदै तिनलाई नौदेखि १३ वर्षसम्मको जेल सजाय दिइएको छ । 

उनीहरुलाई सजाय दिइएलगत्तै क्याटोलोनिया क्षेत्रका प्रमुख सहर र विशेष राजधानी बार्सिलोनामा ठूलो प्रदर्शन सुरु भएको हो । प्रारम्भको शान्तिपूर्ण -याली अहिले हिंसात्मक तोडफोडमा रुपान्तरण हुन थालेको हो । 

प्रदर्शनकारी तोडफोडमा उत्रिन थालेका छन् । प्रदर्शनकारीले बार्सिलोना सहरका फोहोरका डस्टबीनहरुमा लगाएको आगो टाढा टाढाबाट पनि देखिएको थिाये । प्रहरीले ८०० डस्टबीन जलाइएको बताएको छ ।
हजारौं ‘सकड सधैं हाम्रो हुनेछ’ भन्ने नारा लगाउँदै निस्किएका थिए । 

साँझ ६ वजे सुरु भएको तोडफोड चार घण्टाभित्र प्रहरीको नियन्त्रणबहिर पुगिसकेको थियो । प्रहरीले प्रदर्शनकारी विरुद्ध रबर बुलेट, अश्रु ग्यास र पानीको फोहोर प्रयोग गरे । 

सन् १९९४ मा इजरायलसँग किनिएको पानीको फोहोरा पहिलो पटक प्रदर्शनकारी विरुद्ध प्रयोगमा ल्याइएको थियो । 

प्रहरीको कारबाहीपछि प्रदर्शनकारी केही पछि हटे पनि उनीहरुले गाडिमा तोडफोड सुरु गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तमा ३५ सर्वसाधरण घाइते भएका छन् भने १० समातिएका छन् । उता प्रहरीकहाँ भने ठूलो क्षति भएको छ । 

शुक्रबार अबेर प्रहरीले दिएको जानकारी अनुसार अस्थीरतामाझ २०७ प्रहरी घाइेत भएका छन् भने प्रहरीका १०७ वाहनमा क्षति पुगेको छ । 

स्पेनी अधिकारीहरुले यी घटनामा संलग्न भएमा ६ वर्षसम्मको सजायँ हुने चेतावनी दिएका छन् ।  

बहुप्रतिक्षित ‘अल–क्लासिको रद्द’
हिंसाका कारण बार्सिलोना र रियल म्याड्रिडबीच अक्टोबर २६ मा हुने समयतालिका रहेको खेल पनि रद्द भएको छ । 

फुटबल जगतमा यी दुईबीचको प्रतिस्पर्धात्मक खेललाई ‘अल–क्लासिको’ भनिन्छ । तर बार्सिलोना क्षेत्रमा पाँच रातदेखी जारी विरोध प्रदर्शनका कारण ‘ला लिगा’ व्यवस्थापकले खेललाई रद्द गरेका छन् । 

स्पेनी फूटबल फेडेरसनले खेलकै क्रममा पनि हिंसाको खतराका कारण खेल रद्द गरेको बताएका छन् । म्याड्रिडका सस्थापनले बार्सिलोना क्लब र उसका समर्थकलाई क्याटोलानिया आन्दोलनप्रति नरम रहेको आरोप लगाउने गरेका छन् ।  

त्यस्तै रियल म्याड्रिडलाई स्पेनको केन्द्रको पक्षधर क्लबको आरोप लाग्ने गर्छ ।

बार्सिलोना र म्याड्रिडबीच अब फरक मितीमा खेल हुनेछ । खेल डिसेम्बर ७ मा खेलाउन सकिने सम्भावना रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप