जाँदाजाँदै भवन भट्टले सार्वजनिक गरे ‘अचम्मको सम्बन्ध’ (भिडियो सहित)
गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले एनआरएनएको दुई वर्षे कार्यकाललाई समेटेर ‘यो कस्तो अचम्मको सम्वन्ध’ भिडियो सार्वजनिक गरेका छन् ।
एनआरएनएले गत शुक्रबार नयाँ नेतृत्व चयन गरेसँगै भट्टले आफ्नो एनआरएनएको दुई वर्षे यात्राको तस्विरहरु समेटेर आफ्नै आवाजमा एक भिडियो तयार पारी सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।
आफ्नो कार्यकालमा पुनर्निर्माणलाई पहिलो स्थान दिएका भट्टले भिडियोमार्फत ‘म, मेरो एनआरएनए र मेरो नेपालको सम्बन्ध’ भन्दै यो सम्बन्धलाई कुनै पनि तागतले हल्लाउन नसक्ने सन्देश दिन खोजेका छन् ।
एनआरएनएको दुई वर्षे कार्यकाल सकिए पनि आफ्नो कोशिस र योजना कहिल्यै नसकिने भन्दै भट्टले आगामी दिनमा पनि देशप्रतिको आफ्नो कर्तव्यमा इमान्दारीताका साथ लागिरहने बताएका छन् ।
संसारभर छरिएका नेपालीलाई एउटै छातामुनी राख्ने र देश विकासमा सबैको साथ महत्वपूर्ण हुने भन्दै ‘नयाँ युगको सुरुवात, सवै हात एकसाथ’ भन्ने मूल नारा लिएर एनआरएन अध्यक्षको यात्रा तय गरेका थिए ।
गत असोज २७ गते देखि ३० गतेसम्म सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनबाट भट्टले नेतृत्व हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण