प्रधानमन्त्री ओली कात्तिक १३ गते सार्वजजिक विदा दिन सकारात्मक
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली भाइटीका (किजापूजा) का लागि कात्तिक १३ मा सार्वजजिक विदा दिन सकारात्मक देखिएका छन् । आज भएको सांसदहरुसँगको भेटमा प्रधानमन्त्री केपी ओली सार्वजनिक विदा दिन सकारात्मक बनेका हुन् ।
पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर तीनका सांसदहरु डा.अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोली आइतबार प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको थियो । सो टोलीले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिन आग्रह गरेको थियो ।
‘वडादशैँ, दिपावली जस्ता महान पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ । त्यसैले भाइटिका (किजापूजा) पनि त्यस्तै हुनेभयो । कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गरायौँ । उहाँ सकारात्मक हुनुभयो ।’
सरकारी क्यालेण्डर अनुसार कात्तिक १३ गते विदा उल्लेख नभएकाले यसलाई मन्त्रीपरिषद्बाटै निर्णय गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिनुभएको बताइएको छ । नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ ।
‘नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यो दिन नेवाः समूदायले दिनभरी धुमधामसँग नेपाल सम्वत मनाउँछन र बेलुका म्हपुजा गर्छन् । तर, पञ्चाङ्ग समिति विहान म्हपुजा गर भन्छ । नेवाः समूदायले विहान म्हपुजा नै गर्दैनन् । नेवाः समूदायले भाइटिका पनि बेलुका नै लगाउने चलन छ ।
प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएका सांसद शाक्यले शरीर, मन र बचन शुद्ध होस भनी नेवाः समूदायले म्हपुजा मनाउने गरेको भन्दै नेवाः समुदायको संस्कार भएको बताए । ‘त्यसैले नयाँ वर्ष उत्सवका साथ मनाएपछि हामी बेलुका म्हपुजा गर्छौ,’ उनले भने, ‘त्यसैले हाम्रो परम्परा अनुसार भाइटिका कात्तिक १३ मै हो, हामीलाई त्यो दिन विदा चाहिन्छ भनेर पटक–पटक भन्दै आएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण