चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
सारांश
- चालु आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत तथा इजलासहरूमा कार्यरत १० न्यायाधीशले सर्वाधिक मुद्दा फैसला गरेको भन्दै सर्वोच्च अदालतले बिहीबार विवरण सार्वजनिक गरेको छ ।
- सर्वोच्चले सार्वजनिक गरेको प्रारम्भिक कार्यसम्पादन प्रतिवेदनअनुसार उच्च अदालत जनकपुर र विशेष अदालतमा समेत कार्यरत न्यायाधीश टेकनारायण कुँवरले १ हजार ४२१ थान मुद्दा फैसला गरी पहिलो स्थानमा रहेका छन् ।
- अदालतमा मुद्दाको चाप बढिरहेको समयमा यी न्यायाधीशहरूले देखाएको कार्यसम्पादनले न्यायपालिकाको छवि उच्च बनाउन मद्दत पुगेको सर्वोच्च अदालतको निष्कर्ष छ ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत तथा इजलासहरूमा कार्यरत १० न्यायाधीशले सर्वाधिक मुद्दा फैसला गरेको भन्दै सर्वोच्च अदालतले बिहीबार विवरण सार्वजनिक गरेको छ ।
सर्वोच्चले सार्वजनिक गरेको प्रारम्भिक कार्यसम्पादन प्रतिवेदनअनुसार उच्च अदालत जनकपुर र विशेष अदालतमा समेत कार्यरत न्यायाधीश टेकनारायण कुँवर पहिलो स्थानमा रहेका छन्
उनले यस अवधिमा कुल १ हजार ४२१ थान मुद्दा फैसला गरेका छन् । त्यसैगरी, दोस्रो रहेका न्यायाधीश टीकाराम आचार्यले उच्च अदालत जनकपुर र उच्च अदालत पाटनमा रहँदा १ हजार २२१ मुद्दा फर्स्यौट गरेका छन् ।
तेस्रो स्थानमा अस्थायी इजलास वीरगन्ज र बुटवल इजलासमा कार्यरत न्यायाधीश जगतबहादुर थापा रहेका छन् । उनले १ हजार १६९ मुद्दा फैसला गरेका छन् । चौथो स्थानमा रहेका उच्च अदालत पाटन र तुलसीपुर इजलासका न्यायाधीश सोमकान्त मैनालीले १ हजार ५९ मुद्दा फर्स्यौट गरेका छन् भने पाँचौँ स्थानमा रहेका उच्च अदालत जनकपुर र राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारीले १ हजार २० मुद्दाको फैसला टुङ्ग्याएका छन् ।
त्यसैगरी, १ हजारभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीशको सूचीमा उच्च अदालत जनकपुरका जगदीश घिमिरे पनि रहेका छन् । उनले १ हजार २ मुद्दा फैसला गरेका छन् ।
यस्तै, सर्वाधिक मुद्दा फर्स्यौट गर्ने अन्य न्यायाधीशहरूमा क्रमशः गोकर्ण डाँगी, कृष्णप्रसाद सुवेदी, राजुराम सिलवाल र कैलाशप्रसाद सुवेदी रहेका छन् । यसैगरी सबैभन्दा धेरै मुद्दा फैसला गर्ने जिल्ला अदालतका १२ न्यायाधीशको सूची पनि सर्वोच्चले सार्वजनिक गरेको छ ।
अदालतमा मुद्दाको चाप बढिरहेको समयमा यी न्यायाधीशहरूले देखाएको कार्यसम्पादनले न्यायपालिकाको छवि उच्च बनाउन मद्दत पुगेको सर्वोच्च अदालतको निष्कर्ष छ ।
सर्वोच्चका अनुसार चालू आर्थिक वर्षमा सबै तहका अदालतमा गरेर कुल ५५.०३ प्रतिशत प्रगति हासिल गरेको छ । यस अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल ३ लाख ५७ हजार २३ मुद्दामध्ये १ लाख ९६ हजार ४७४ थान मुद्दा फर्स्यौट भएका हुन् ।
उच्च अदालतमा रहेका कुल ६० हजार ५६४ मुद्दामध्ये ४२ हजार ६१४ थान मुद्दा फर्स्यौट भएका छन्, जुन ७०.३६ प्रतिशत हुन आउँछ । त्यसैगरी, देशभरका जिल्ला अदालतहरूले ५५.६१ प्रतिशत सफलता प्राप्त गरेका छन् ।
जिल्ला अदालतमा रहेका कुल २ लाख ५१ हजार ७३४ मुद्दामध्ये १ लाख ३९ हजार ९७९ थान मुद्दा फर्स्यौट भएका छन् । सर्वोच्च अदालतमा भने कुल ३८ हजार ९३६ मुद्दामध्ये ११ हजार ४६९ थान मुद्दा फर्स्यौट भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण