नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर २४८.३५ विन्दुमा पुगेको छ ।
नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । स्टकले धितोपत्र नविकरण शुल्क नबुझाएका कारण शुक्रबारदेखि कूल ८१ कम्पनीको शेयर कारोवारमा रोक लगाएपछि त्यसको प्रभाव बजारमा समेत परेको हो । नियमानुसार नविकरण शुल्क नबुझाएका कारण स्टकले ती कम्पनीको शेयर कारोवारमा रोक लगाएको हो ।
कारोवार भएका कूल ११ उपसमूह कै शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३, होटल ५.७, विकास बैंक २.६६, जलविद्युत् २.०५, वित्त ०.३४, निर्जीवन बीमा १६.७३, उतपादन १३.३३, अन्य २.७२, लघुवित्त २.५५, जीवन बीमा २३.३७ र सामूहिक लगानी कोष ०.३१ विन्दुले घटेको छ ।
कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड नौ लाख ४६ हजार ७३६ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एभरेष्ट बैंक रु ७३ लाख ५४ हजार ६००, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५४ लाख ५१ हजार ४८९, एनआइसिएशिया बैंक रु ४८ लाख ५० हजार २०१, कृषि विकास बैंक रु ४५ लाख ८८ हजार ९७८ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज एनआइबिएल प्रगति फण्ड ३.८४, सानिमा माई हाइड्रोपार ३.२१, एनआइबिएल फण्ड एक २.७१, सबैको लघुवित्त वित्तीय संस्था १.९९ र एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।
यस्तै सिनर्जी पावर ५.३३, सिटी एक्सप्रेस फाइनान्स ४.३१, गुराँस लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनी ३.६८, प्राइम लाइफ इन्स्योरेन्स ३.४१ र हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.१८ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण