नेकपा (क्रान्तिकारी माओवादी)ले उपनिर्वाचन बहिष्कार गर्ने
काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
निर्वाचन आयोगले तीनवटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो । देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले सो निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए ।
नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो । तर अव हुने उपनिर्वाचनले जनता र देशको समस्या समाधान नगर्ने भएकाले सो उपनिर्वाचन बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाई छ ।
नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दावी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण