पाकिस्तानी मुलका लण्डनका मेयर सदिक खानले गरे कश्मीरलाई लिएर लण्डनमा हुन लागेको र्यालीको विरोध
एजेन्सी । लण्डनका मेयर सदिक खानले कश्मीर मुद्दालाई लिएर दिवाली(तिहार)को दिन लण्डनमा भारत विरोधी मार्च हुन लागेकोमा आलोचना गरेका छन् ।
सदिक खानले विरोध र्यालीका कारण ब्रिटिस राजधानी लण्डनमा भारत–विरोधी भावना बढ्न सक्ने तर्फ सतर्क गराएका छन् ।
भारतीय मुलका लण्डन एसेम्ब्लीका सदस्य नवीन शाहको पत्रको जवाफमा सदिक खानले लेखेको पत्रमा यी कुरा भनिएको छ। मेयर खान पाकिस्तानी मुलका ब्रिटिस हुन् ।
पत्रमा सदिकले लेखेका छन् ,‘दिवालीको समयमा लण्डनस्थित भारतीय उच्चायोग अघि विरोध प्रदर्शन पूर्णत निन्दनीय छ ।’
सदिक खानको पत्रमा अगाडि लेखिएको छ ,‘ लण्डनका मानिस एकजुट हुनुपर्ने समयमा विरोध र्याली गर्दा मतभेद बढ्छ । यस र्यालीका अयोजक र यसमा भाग लिनेहरुले यसबारेमा पुनः सोचबिचार गरुन् ।’
लण्डनका मेयरको तर्फबाट अक्टोबर १८मा एक पत्रमा लेखिएको थियो ।
‘तपाईलाई थाहा छ कि विरोध–प्रदर्शन प्रतिबन्धित गर्ने अधिकार गृहमन्त्रीसँग छ। मैले यो पत्रलाई गृहमन्त्री प्रीति पटेल र महानगरिय प्रहरी कमिश्नर क्रेसिडा डिकलाई पनि पठाइरहेको छु,’ सदिकले शाहलाई जानकारी गराएका छन् ।
नवीन शाहले अगस्ट १५ को दिन भारतीय उच्चायोग अघि भएको हिंसात्मक झडपको पनि उल्लेख गरेका छन् ।
सादिक खानले लेखेका छन् ,‘म भारतीय मुलका ब्रिटिस नागरिकका चिन्ता बुझ्छु । कयैन मानिस उच्चायोग अघि भएको अघिल्लो प्रदर्शनबाट भयभित छन् । म लण्डनवासीलाई के आश्वस्त पार्छु भने गैरकानुनी काम गर्ने व्यक्तिमाथि सजायँ हुनेछ ।’
समाचार अनुसार आगामी विरोध प्रदर्शनमा पाकिस्तान प्रशासित कश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा मोहम्मद फारुक हैदर खान पनि हिस्सा लिदैंछन् । ¥यालीको नाम नै ‘फ्रि कश्मीर ¥याली’ दिइएको छ ।
नवीन शाहले अक्टोबर १७ को दिन लण्डनका मेयरलाई भारत विरोधी र्याली रोक्नको लागि सम्पर्क गरेका थिए ।
नवीन शाहले पत्रमा पवित्र पर्व दिवालीको दिन भारत विरोधी मार्च पूर्णत असंवेदनशील रहेको उल्लेख गरेका छन् । नवीन शाहले ट्वीटरमा आफ्नो पत्रलाई लण्डनका मेयरका अतिरिक्त महानगरिय प्रहरी प्रमुख र ब्रिटिस गृह मन्त्री प्रीति पटेललाई पनि ट्याग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण