नवनिर्वाचित ‘एनआरएनए’ पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनको सम्मान
काठमाडौं– गैह्र आवसीय नेपालीहरुको संगठन ‘एनआरएनए’को नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । मंगलबार राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रुपमा रहेका थिए । मन्त्री भट्टराई तथा फाउन्डेसनकी अध्यक्ष अभिनेत्री श्वेता खड्काले विजयी सबैलाई संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा ‘एनआरएनए’ का नव निर्वाचित अध्यक्ष कुमार पन्त लगायत कार्यसमितिका सदस्य उपस्थित रहेका थिए । श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको नमुना माझी बस्तीको बारेमा तयार पारिएको भिडियो समेत प्रस्तुत गरिएको कार्यक्रममा वस्ती निर्माणको लागि केहीले सहयोग समेत गरेका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराइले नमुना माझी बस्तीको लागि सरकारी तवरबाट सहयोग आवश्यक भए आफु तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
-
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु