ऋषिराजले अडिसनमार्फत ‘चुरिफुरि’ का कलाकार छान्ने
काठमाडौं– ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ फिल्मका निर्देशक ऋषिराज आचार्यले नयाँ प्रोजेक्ट ‘चुरिफुरि’ सुरु गरेका छन् । जसको अहिले प्रिप्रोडक्सन कार्य भइरहेको छ । आरबी मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको यतिबेला कलाकार छनौट कार्य भइरहेको छ । जसका लागि केही पुराना कलाकार छानिएका छन्, नयाँ अनुहारका लागि अडिसनमार्फत छान्ने तयारी भएको छ ।
कथाअनुसार फिल्ममा नयाँ कलाकार राख्नुपर्ने भएकोले अडिसनमार्फत केही कलाकार छनौट गर्न लागेको निर्देशक आचार्य बताए । आचार्यका अनुसार अडिसन यहि कात्तिकको अन्तिमसाता आयोजना हुनेछ । अडिसनमा १८ देखि २५ बर्षसम्मका कम्तिमा पनि ५ फिट ३ इन्च उचाई भएका युवायुवतीले सम्पर्क गर्न सक्नेछन् ।
अडिसनका लागि निर्देशक आचार्य, फिल्म तथा आरबी मुभिजमध्ये कुनै एकको फेसबुक पेजमा आफ्नो दुईप्रति हालसालैको फोटोसहित सम्पर्क गर्न सकिने छ । अडिसनका लागि सम्पर्कमा आएका व्यक्ति मध्येबाट फिल्मको लागि एक मुख्य हिरो र हिरोइन छानिने निर्देशक आचार्यले बताए । उनले भने, ‘छानिएका व्यक्तिलाई अभिनयका लागि आवश्यक विभिन्न प्रशिक्षणसहित फिल्ममा उतार्ने छौ ।’
आगामी फागुनबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको लेखन समेत निर्देशक आचार्यले नै गरेका छन् । समसामाहिक विषयमा प्रेमकथा मिसाइको फिल्म आगामी तिजमा रिलिज गर्ने लक्ष्य निर्माण युनिटको छ ।
स्वदशै बिभिन्न रमणीय ठाउँमा छायाँकन हुने फिल्मको अहिले गीतको काम समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण