बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक : नेविसंघ र उपनिर्वाचनबारे छलफल हुँदै

बिहीबार, ०७ कात्तिक २०७६, ११ : ३५
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो २ बजे बस्न लागेको बैठकमा उपनिर्वाचन र नेविसंघ लगायतका भ्रातृ संस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

केही दिनयता लगातार भ्रातृ संस्था र उपनिर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पार्टी पदाधिकारीबीच छलफल भएको थियो ।

८ महिनादेखि नेतृत्व विहिन अवस्थामा गुज्रिएको नेविसंघको तदर्थसमितिको संयोजकमा सुनसरीका राजीव ढंगानालाई सभापति देउवाले प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा केन्द्रीय कार्यसमिति बैठकबाट सहमति जुटाउन प्रयास हुने बुझिएको छ । यस्तै उपनिर्वाचनका लागि उम्मेदवारी छनोट, पार्टीको एजेण्डा र नाराका विषयको पनि बैठकले टुंगो लगाउने प्रवक्ता शर्माले जानकारी दिए । 

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ ।

बुधबारको पदाधिकारी बैठकले उक्त सूचीबारे मोटामोटी छलफल गरेको थियो ।

उक्त विषयमा केन्द्रीय समितिमा वृहत छलफलपछि टिकट वितरण गरिने उनले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप