काँग्रेस केन्द्रीय समिति बैठक : नेविसंघ र उपनिर्वाचनबारे छलफल हुँदै
काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो २ बजे बस्न लागेको बैठकमा उपनिर्वाचन र नेविसंघ लगायतका भ्रातृ संस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केही दिनयता लगातार भ्रातृ संस्था र उपनिर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पार्टी पदाधिकारीबीच छलफल भएको थियो ।
८ महिनादेखि नेतृत्व विहिन अवस्थामा गुज्रिएको नेविसंघको तदर्थसमितिको संयोजकमा सुनसरीका राजीव ढंगानालाई सभापति देउवाले प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा केन्द्रीय कार्यसमिति बैठकबाट सहमति जुटाउन प्रयास हुने बुझिएको छ । यस्तै उपनिर्वाचनका लागि उम्मेदवारी छनोट, पार्टीको एजेण्डा र नाराका विषयको पनि बैठकले टुंगो लगाउने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ ।
बुधबारको पदाधिकारी बैठकले उक्त सूचीबारे मोटामोटी छलफल गरेको थियो ।
उक्त विषयमा केन्द्रीय समितिमा वृहत छलफलपछि टिकट वितरण गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण