करोडौँ मूल्य पर्ने भारतीय गाडीमा नेपाली प्लेट
काठमाडौँ । राजस्व अनुसन्धान विभागले चोरीको २ वटा करोडौं रुपैयाँ पर्ने गाडी बरामद गरेको छ । विभागले बुधबार राती बालाजु र कोटेश्वरबाट गाडी बरामद गरेको हो ।
गाडीसँगै विभागले नुवाकोटका ३ जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाको नाम गोप्य राखिएको छ ।
सेतो रङ्गको भारतीय नम्बर प्लेटको गाडीमा उनीहरुले परिवर्तन गरेर रातो नेपाली नम्बर प्लेट राखेका छन् ।
विभागले बरामद गरेको गाडी हो – २०१९ को टोयोटा फर्चुनर । एउटा गाडीको नेपाली बजार मूल्य १ करोड ६३ लाख रहेको छ ।
बरामद दुवै गाडी २१ ‘लट’ को हो । बा२१च ४७१६ र बा२१च ५५६२ नम्बरको गाडी विभागले बरामद गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले पुष्टि गरे ।
महानिर्देशक मैनालीले भने, ‘विभागले अहिलेसम्मकै महङ्गो गाडी बरामद गरेको हो । ६÷७ महिना अघिदेखि विभागले पछ्याइरहेको थियो ।’
बा२१च ४७१६ र बा२१च ५५६२ नम्बर अर्कै व्यक्तिको नाममा रहेको बताइएको छ । हतार–हतारमा सेटिङमा कागजपत्रहरु मिलाएर उनीहरुले २ वटै गाडी ९० लाखमा बेच्न लागेको स्रोतले बताएको छ ।
पक्राउ परेका तीनै जनामाथि सोधपुछ भइरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण