शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

करोडौँ मूल्य पर्ने भारतीय गाडीमा नेपाली प्लेट

२ गाडीसहित नुवाकोटका तीनजना पक्राउ
बिहीबार, ०७ कात्तिक २०७६, १६ : ३४
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौँ । राजस्व अनुसन्धान विभागले चोरीको २ वटा करोडौं रुपैयाँ पर्ने गाडी बरामद गरेको छ । विभागले बुधबार राती बालाजु र कोटेश्वरबाट गाडी बरामद गरेको हो । 

गाडीसँगै विभागले नुवाकोटका ३ जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाको नाम गोप्य राखिएको छ । 

सेतो रङ्गको भारतीय नम्बर प्लेटको गाडीमा उनीहरुले परिवर्तन गरेर रातो नेपाली नम्बर प्लेट राखेका छन् । 

विभागले बरामद गरेको गाडी हो – २०१९ को टोयोटा फर्चुनर । एउटा गाडीको नेपाली बजार मूल्य १ करोड ६३ लाख रहेको छ । 

बरामद दुवै गाडी २१ ‘लट’ को हो । बा२१च ४७१६ र बा२१च ५५६२ नम्बरको गाडी विभागले बरामद गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले पुष्टि गरे । 

महानिर्देशक मैनालीले भने, ‘विभागले अहिलेसम्मकै महङ्गो गाडी बरामद गरेको हो । ६÷७ महिना अघिदेखि विभागले पछ्याइरहेको थियो ।’

बा२१च ४७१६ र बा२१च ५५६२ नम्बर अर्कै व्यक्तिको नाममा रहेको बताइएको छ । हतार–हतारमा सेटिङमा कागजपत्रहरु मिलाएर उनीहरुले २ वटै गाडी ९० लाखमा बेच्न लागेको स्रोतले बताएको छ । 

पक्राउ परेका तीनै जनामाथि सोधपुछ भइरहेको विभागले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप