हामी बिग्रियौं भने सोभियत संघको जस्तै खतरा हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको आर्थिक समाजिक र राजनितिक विकासका लागि शिक्षा नितिमा व्यापक सुधारको आवश्यकता रहेको औल्याएका छन् ।
राजधानीको चन्द्रागिरि १५ तिनथानमा आयोजित वडा अध्यक्ष शौक्षिक विकास कोषको दोश्रो वार्षिक उत्सव तथा साधारण सभालाको उद्घाटन कार्यक्रमा अध्यक्ष प्रचण्डले शिक्षामा सोचे अनुरुपको वजेट प्रयाप्त नभएको कारण शिक्षा नितिमा आमुल सुधार गर्न नसकिएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘हामीले देशको शिक्षा प्रणलीलाई बैज्ञानिक तवरवाट आयआर्जन र विकास मुखी बनाउनकै लागि शिक्षमा लगानीको आवश्यक छ, देशको विकास र सुधार शिक्षा वाटै हुन्छ,नितिगत सुधार र वजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धि तर्फ उन्मूख हुने निश्चित छ ।’
अध्यक्ष प्रचण्डले प्ररक प्रसंगमा तत्कालीन मालेले मदन भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरे ।
विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहने भन्दै उनले एकतालाई रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको बताए ।
७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उनले भने, ‘हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन, सजिलै सोभियत संघको जस्तै खतरा हुन्छ,नियोजित ढङगवाट प्रहार भएका छन् त्यसलाई रोक्ने क्षमता राख्नु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण