काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउन अध्ययन थालिन्छ : मन्त्री बाँस्कोटा
काभ्रे-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताएका छन् ।
बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताएका हुन् ।
मन्त्री बाँस्कोटाले भने, “संसदीय समितिले गत वर्ष चासो नपरेको विषयमा चासो दिएर काभ्रेपलाञ्चोकमा ‘बनाउनै पर्दैन’ भन्ने विवाद निकालेपछि रोकियो, यस वर्ष विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) बनाउन बजेट पनि छुट्याइएको छ, अब तत्काल डिपीआरको काम शुरु हुन्छ ।”
उनले डिपीआर तथा अन्य केही प्राविधिक कार्यका लागि २५ करोड रुपैयाँ छुट्याएको उल्लेख गर्दै हवाई उड्डयन प्राधिकरणका निर्देशकलाई छिटोछिटो डिपीआर बनाउन निर्देशन दिएको बताए ।
मन्त्री बाँस्कोटाले भने, “प्राधिकरणका निर्देशक डिपीआर बनाउने विषयमा तयारी गर्दै हुनुहुन्छ, डिपीआर प्राविधिक विषय हो, मिल्ने भए बन्छ नभए बन्दैन ।” काठमाडौँबाट नजिक भएकाले काभ्रेपलाञ्चोकलाई विमानस्थलका लागि पहिलो प्राथमिकता दिएको उनको तर्क थियो ।
मन्त्री बाँस्कोटाले काठमाडौँमा समयसमयमा हवाई ट्राफिक जाम भई समस्या सिर्जित भएकाले नजिकै एउटा विमानस्थल आवश्यक भइसकेको बताए । उनले भने, “काठमाडौको नजिक काभ्रेपलाञ्चोक भेटिएकाले डिपीआर गर्न लगाइएको हो, अन्तै नजिक भेटिए अन्तै लगे पनि हुन्छ, काभ्रेपलाञ्चोक नै चाहिएको छ भनेका छैनौँ ।” उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बन्दा यहाँका बासिन्दाले काठमाडौँ जान हवाइजहाज चढ्न नपरे पनि बाटोको विकाससँगै आर्थिक चहलपहल तथा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे ।
मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा विमानस्थल बन्दा हिमाली उडानलाई समेत सजिलो हुने बताए । “हामी काठमाडौको नजिक विमानस्थल बनाउने विषयमा थाकेका छैनौँ, प्राविधिकका अनुसार रु सात अर्ब लाग्नेछ, बजेट अपुग भए थप्न पनि सकिन्छ”, उनले भने, “अब पनि संसदीय समितिले चासो दिने भए विचार पु¥याएर चासो देओस् ।”
मन्त्री बाँस्कोटाले आजै अनलाइन मिडिया सञ्जालद्वारा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समग्र मिडिया डिजिटिलाइजेसन हुँदै गएको उल्लेख गर्दै विश्वव्यापीरुपमा समस्या सिर्जना हुँदै गएकामा दुःख व्यक्त गरे । उनले भने, “अब मुलुक डिजिटल इकोनोमीतर्फ लागिरहेको छ, सामाजिक सञ्जाल र मिडियाबारे स्पष्ट हुन जरुरी छ, सदुपयोग गलत छ कि, सही छ भन्ने कोणबाट अध्ययन गर्नु आवश्यक छ ।” उनले प्रत्येक वर्ष इनटरनेटका २५ लाख नयाँ ग्राहक थपिँदै गएको, कूल इन्टरनेट प्रयोगकर्तामध्ये ९० लाखले फेसबुक र ४० लाखले ट्वीटर चलाउने गरेको बताए ।
मन्त्री बाँस्कोटाले आजै बेथानचोक गाउँपालिका– २ र ३ नम्बर वडास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा चाडपर्वका अवसरमा आयोजित अर्को एक शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको विकासलाई उत्पादनसँग जोड्दै विसं २०३० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५०० डलर बनाइने लक्ष्य राखिएको बताए । “सुनकोशी नदीमा ५३६ मेगावाट बिजुलीका लागि काम शुरु भइसक्यो, अब विमानस्थल फलामखानी, औद्योगिक ग्राम तथा खाद्यान्न उत्पादनजस्ता परियोजना क्रमशःसञ्चालन हुँदै जानेछन्”, उनले भने ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, नेकपाका नेताद्वय रिता ढकाल र बेदप्रसाद तिमल्सिनाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक तथा व्यङ्ग्यात्मक प्रस्तुतिसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण