बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पाँडेको घरमा आलुपार्टी

आइतबार, १० कात्तिक २०७६, ०९ : ५६
आइतबार, १० कात्तिक २०७६

प्रसिद्ध हाँस्यव्यङ्ग्यकार रामकुमार पाँडेको जावलाखेलस्थित निवासमा काग तिहार (हाँस्यव्यङ्ग्य दिवस )को अवसर पारेर शनिबार आलु पार्टी आयोजना गरिएको छ ।

२०३४ सालदेखि आयोजना हुँदै आएको आलु पार्टीमा आयोजकले रोशनी शाहीको कोठामा तत्कालीन सभामुखको कृष्णबहादुर महराको भेटिएको भनिएको चस्मा र जुत्ताको तलुवालाई सभापति बनाइएको थियो ।

ज्यानमारा खुर्सानी धुँवाएर उद्घाटन गरिएको कार्यक्रममा चर्चित हाँस्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा, डिल्लीप्रसाद मूलतिहुन, बमबहादुर जिताली, टेकबहादुर कोइरालाले सो अवसरमा कविता बाचन गरेका थिए भने रामकुमार पाँडेले आलु भाषण ।

त्यस्तै, हाँस्यव्यङ्ग्य क्षेत्रका अन्य श्रष्टाहरु सीताराम अधिकारी, डम्बर घिमिरे, टेकबहादुर लैडारी, कमल भण्डारी, लालबहादुर भुजेल, घनश्याम गौतम, शिवमान डंगोल, मनोज आचार्य, गोबिन्द गिरी ‘प्रेरणा’, कन्चन सापकोटा लगायतले समेत कार्यक्रममा आ–आफ्ना रचना वाचन गरेका थिए ।

सो अवसरमा कल्याण राना, अन्जना पौडेल र आहना कार्कीले नृत्य प्रस्तुत गरेका थिए ।

शिरोमणि दवाडी र अजय अधिकारी ‘सुशील’ले संचालन गरेको कार्यक्रममा सुप्रसिद्ध हाँस्यव्यङ्ग्य कलाकार सन्तोष पन्त, दमन रुपाखेती, उत्तम केसी तथा गायिका सुनिता दुलाल र आलु पार्टीको लोगो निर्माता कलाकार अशोकमान सिंह लगायतका श्रष्टाहरुसमेत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप