अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बग्दादी मारिएको पुष्टि, भने, ‘अमेरिकी सेनाले ठूलो सफलता हात पारेको छ ।’
एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका उच्च नेता अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेका छन् । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी उनले सो घोषणा गरेका हुन् ।
आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिकी सेनाले सिरियामा भएको एउटा अपरेसनमा बग्दादीलाई मारेका छन् ।’
पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अबु बकर अल बगदादी मरे। उनी इस्लामिक स्टेटका संस्थापक थिए। यो विश्वको सबैभन्दा हिंसात्मक र क्रूर संगठन हो। अमेरिकाले बगदादीलाई धेरै वर्षदेखि खोजिरहेको थियो।’
ट्रम्पले भने,‘बगदादीलाई जिउँदै पक्रन वा मार्नु मेरो सरकारको पहिलो राष्ट्रिय सुरक्षा प्राथमिकता हो। अमेरिकी सेनाका विशेष सेनाहरूले रातमा उत्तर पश्चिम सिरियामा बहादुरी र खतरनाक अपरेशन गरेर यो ठूलो सफलता हासिल गरेका छन् ।’
शनिबार मात्र राष्ष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत एउटा ठूलो सफलता हात लागेको संकेत गरेका थिए । उनले ट्वीटरमार्फत भनेका थिए, ‘आज केही ठूलो कुरा भएको छ।’ उनको यो संकेतलाई विश्वभरका सञ्चारमाध्यामहरुले पछ्याएका थिए र बग्दादीको मृत्यु भएको समाचार प्रशारण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण